घाँसीकुवामा बस दुर्घटना : दुई जनाको मृत्यु, ३४ घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर

घाँसीकुवामा बस दुर्घटना : दुई जनाको मृत्यु, ३४ घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर

काठमाडौं : पृथ्वीराजमार्गको व्यास नगरपालिका-१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा दुई जना यात्रुको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनकुटाका २४ वर्षका हस्त राई र ठेगाना नखुलेका ५० वर्षका टोपबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलिप कुमार हुमागाइँले जानकारी दिए।

र्घटनामा अन्य ३४ यात्रु घाईते भएका छन्। हुमागाइँका अनुसार ३४ जना घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि उनीहरूलाई पोखरा पठाइएको छ।

धरानबाट पोखरातर्फ जाँदैगरेको ग१ख ७८९५ नम्बरको बस अनियन्त्रित भएर सडकबाट खसेको थियो।

दुर्घटनामा घाइते भएका अरु यात्रुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार गरिँदै छ।

मंसिर १३, २०८० बुधबार ०८:५४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।