यी चार प्रदेशमा दिउँसो हल्का वर्षाको सम्भावना

यी चार प्रदेशमा दिउँसो हल्का वर्षाको सम्भावना

काठमाडौं : कोशी प्रदेशलगायत पहाडी भूभागको मौसम आंशिकदेखि बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार आज राति गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

मंसिर १३, २०८० बुधबार ०७:१६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।