खगेन्द्र नवजीवन केन्द्रमा आन्दोलन, अध्यक्ष र मेस सञ्चालिकामाथि गम्भीर आरोप

खगेन्द्र नवजीवन केन्द्रमा आन्दोलन, अध्यक्ष र मेस सञ्चालिकामाथि गम्भीर आरोप

काठमाडौँ : नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्तिहरू आन्दोलित भएका छन्। केन्द्रका पदाधिकारीहरूले अनियमितता गरेको लगायतका माग राख्दै उनीहरू आन्दोलित भएका हुन्।

उनीहरूले केन्द्रका अध्यक्ष साम्देन  लामा र मेस सञ्चालिकामाथि गम्भीर आरोपहरू समेत लगाएका छन्।

सोमबार उकेराकर्मी केन्द्रमा पुग्दा सबै अपाङ्गता भएका व्यक्तिहरू आक्रोशित देखिए। उनीहरूले मेस सञ्चालिका उषा कार्कीले 'अनैतिक' काम गर्ने गरेको आरोप लगाइरहेका थिए।

उनीहरूले मेसमा असोज १४ गते ताला लगाएका थिए। तर सञ्चालिकाले १७ गते राती नै ताला फोडेकी थिइन्।

'आफै आएर सबै जना सुतिसके पछि उनीहरूले ताला तोडेछ । त्यहाँको भाइबहिनीहरूले मलाई फोन गर्यो । त्यस पछि हामीले उपमेयर सँग कुरा गर्यौँ । समन्वय समितिको जिम्मा तपाईँको हो । यो मेस खुल्न भएन भन्यौँ,' आन्दोलन गर्दै आएकी गायत्री दाहालले भनिन्, 'त्यसपछि वडा अध्यक्षकै रोहवरमा फेरी तालाबन्दी भयो।'

गायत्री उनै व्यक्ति हुन् जसलाई मङ्सिर एक गते आन्दोलन गर्न उक्साएको भनेर केन्द्र भित्रै हातपात भएको थियो। उनको 'व्हील चियर' पनि बिग्रिएको छ। नजिकै घर भएको कारण उनी केन्द्रमा बस्दिनन्, घरमै बस्छिन्।

उनीहरूले केन्द्रबारे छानबिनका लागि गोकर्णेश्वर नगरपालिका र महिला आयोगमा उजुरी दिएका थिए। आयोगले मङ्सिर ६ मा अनुगमन गर्दा केन्द्रमा रहेका विभिन्न उमेर समूहका अपाङ्गता, अपाङ्गता भएका महिलाहरूमाथि शारीरिक, मानसिक र यौनजन्य हिंसा समेत भएको निष्कर्ष निकालेको थियो।

मंसिर ११, २०८० सोमबार २०:४१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।