२०२४ मा एआइ सुविधा थप गर्दै सामसङ मोवाइल
काठमाडौँ : सामसङ ग्यालेक्सीले आफ्नो उत्पादनमा आर्टिफिसियल इन्टेलिजेन्स(एआई) सुविधा थप गर्ने भएको छ। एआइको प्रयोग बढेसँगै आफ्नो मोबाइल प्रयोगकर्तालाई सहज बनाउन एआई प्रविधि थप गर्न लागेको कम्पनीले जनाएको छ।
सामसङ ग्यालेक्सीले आगामी वर्षबाट आफ्नो उत्पादनमा एआई सुविधा थप गर्न लागेको हो। एआई प्रविधि थप गर्दा प्रयोगकर्ताहरूको गोपनीयतालाई विशेष प्राथमिकता दिइएको कम्पनीको दाबी छ।
सामसङले आफैंले विकास गरेको डिभाइसमा र अरू उत्पादकसँग सहकार्य गर्ने तयारी गरेको छ। थप हुने एआई सुविधामा कल गर्दा प्रयोगकर्ताहरूलाई जति बेला आवश्यक पर्यो त्यति नै बेला आफ्नो पर्सनल ट्रान्सलेटर उपलब्ध गराउने, अडियो र टेक्स्ट बोलेको अनि लेखेकै समयमा चाहेको भाषामा अनुवाद भएर आउने लगायतका सुविधा रहेको कम्पनीले जानकारी दिएको छ।
यो सुविधा २०२४३ को शुरुमा आउने कम्पनीले जानकारी दिएको छ। एआइ सुविधाले सञ्चार पहिलेभन्दा अझै सहज र रचनात्मक हुने कम्पनीको विश्वास छ।
'मोबाइल प्रविधिसंग विश्वभरका मानिसहरुका लागि सञ्चार, सिर्जनशीलता, उत्पादकत्व र थप सक्षम बनाउने अतुलनीय शक्ति छ, तर आजसम्म, हामीले मोबाइल एआइलाई वास्तविक रुपमा अर्थपूर्ण तरिकाबाट उपयोग गरिएको देखेका छैनौँ' इभिपि र अनुसन्धान तथा विकास प्रमुख, वाङजुङ चोइले भने'ग्यालेक्सी एआइ हाम्रो आजसम्म कै सबैभन्दा वृहत्तर इन्टेलिजेन्स हो जसले हाम्रो फोनको परिभाषा नै बदलिदिनेछ।'
मंसिर ११, २०८० सोमबार १८:२५:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।