लिबर्टी माइक्रो लाइफ एनपिएसमा जोडियो
काठमाडौँ : लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स लिमिटेड नेशनल पेमेन्ट स्विच(एनपिएस) मा आबद्ध भएको छ।
नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न लिबर्टी नेशनल पेमेन्ट स्विचमा आबद्ध भएको हो।
सोमबार लिबर्टी माइक्रो लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
लिबर्टी माइक्रो लाइफको आबद्धतासँगै एनपिएसमा आबद्ध हुने माइक्रो लाइफ इन्सुरेन्सको सङ्ख्या पाँच पुगेको छ।
सहमतिपछि लिबर्टी माइक्रो लाइफका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडेर बिमा लेखको भुक्तानी, बिमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायतका कारोबार आफ्ना तथा लाभग्राहीहरूका बैङ्क खाताबिच सोझै गर्न सक्नेछ।
हालसम्म ५३ सदस्य बैङ्क वित्तीय संस्था, पिएसपी-पिएसओ, रेमिटेन्स कम्पनी, मर्चेन्ट बैङ्क, सरकारी तथा अर्ध–सरकारी संस्थाहरू लगायतका एक सय बढी गैर—बैंकिङ्ग संस्था इन्डाइरेक्ट-प्राविधिक सदस्यका रूपमा आबद्ध भइसकेका छन्।
मंसिर ११, २०८० सोमबार १७:४०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।