कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन १६ गतेदेखि बुटवलमा हुने

कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन १६ गतेदेखि बुटवलमा हुने

बुटवल : बुटवलमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन हुने भएको छ।

प्रदेश समितिले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी मंसिर १६ गतेबाट सम्मेलन हुने जानकारी गराएको हो।

दुई दिनसम्म चल्ने सम्मेलन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनले जानकारी दिए।

पुनका अनुसार करिब ६ सय ७५ जना प्रतिनिधि सहभागी हुने सम्मेलनमा पार्टीको पुस १६ गते हुने केन्द्रीय महासमितिको नीति अधिवेशनमा सुझाव पेस गर्ने गरी छलफल हुनेछ।

सम्मेलनको मंसिर १६ गते उद्घाटन सत्र तथा १७ गते बन्द सत्रहुनेछ।

सभापति पुनले सम्मेलनमा पार्टीभित्र रहेको गुटको राजनीतिलाई कसरी निष्तेज पार्ने भन्नेबारे पनि सम्मेलनमा छलफल हुने बताए।

सम्मेलनलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादेर देउवासहित वरिष्ठ नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुले सम्बोधन गर्नेछन्।

मंसिर ११, २०८० सोमबार १४:३५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।