कवयित्री सयपत्रीको कविता संग्रह ‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण

काठमाडौं : कवयित्री सयपत्री थुलुङको कविता संग्रह ‘गाउँ फर्किरहेको परदेशी’को लोकार्पण गरिएको छ।
सम्भव समूहको आयोजनामा आइतबार मण्डला थिएटरमा कवि श्रवण मुकारुङ, कवि ज्योति जंगल र कवि उत्तम तुम्सा लिम्बु लगायतले सार्वजनिक गरेका हुन्।
कवितासंग्रह लोकार्पणपछि कवि उत्तम तुम्साले कृतिको चर्चा गर्दै कविता लेखनको आ-आफ्नै पक्ष हुने र ‘गाउँ फर्किरहेको परदेशी’ अनुभुतिको गर्भबाट निस्किएको एउटा सफा संग्रह भएको बताए।
त्यस्तै अर्का कवि ज्योति जङ्गलले प्रेमको मसीले लेखिएको यो सङ्ग्रह आशा र आत्मबलको बाटो देखाइरहेको राम्रो कृति बनेको बताइन्।
कवि श्रवण मुकारुङले कुनै सिपालु संगीतकारले चाह्यो भने सबै कवितामा संगीत भर्न सकिने बताए। उनले कवि थुलुङलाई कविताको यात्रामा बलियो गरी निस्किएको नाक्छोङ्को दोस्रो स्टेपमा पुगिसकेको बताए।
कार्यक्रममा कवि मिथोच र रंगकर्मी नुसा लिङ्देनले सङ्ग्रह भित्रका एक–एक वटा कविता वाचन गरेर सुनाएका थिए।
मंसिर ११, २०८० सोमबार १३:३५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।