पिज्जा हटको ‘थिन क्रस्ट’ अब नेपालमा

पिज्जा हटको ‘थिन क्रस्ट’ अब नेपालमा

काठमाडौं : पिज्जा हटले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा थपेको छ।

४९९ रुपैयाँबाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जाहरूले नेपालका ग्राहकले रुचाउने कम्पनीको विश्वास छ।

पिज्जा पारखीहरूको ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले नेपालको लागि विशेष रूपमा थिन क्रस्ट पिज्जा तयार गरेको कम्पनीले जनाएको छ।

यसमा १२ विभिन्न टोपिङहरूमा उपलब्ध छन्।

ग्राहकहरूले डाइन–इन वा टेक–अवेको लागि आफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान वा भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरद्वारा डेलिभरीको लागि अर्डर गर्न पनि सक्ने कम्पनीले जनाएको छ।

मंसिर ११, २०८० सोमबार ०८:३८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।