आइएमई लाइफ इन्स्योरेन्स भारतमा सम्मानित

आइएमई लाइफ इन्स्योरेन्स भारतमा सम्मानित

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स भारतमा सम्मानित भएको छ।

इन्डियन चेम्बर अफ कमर्स द्वारा मुम्बईमा आयोजित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ को रनर अपको रुपमा कम्पनी सम्मानित भएको हो।

विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लुसी, इन्डियन इन्स्टिच्यूट अफ इन्स्योरेन्स लगायत थुप्रै संस्थाहरूद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाड्ढहरूमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो।

भारतको मुम्बईमा आयोजित भव्य समारोहका बीच आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयालले उक्त अवार्ड ग्रहण गरेका हुन्।

उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता रहेको थियो।

मंसिर ११, २०८० सोमबार ०८:०७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।