डाबर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख हस्तान्तरण

डाबर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख हस्तान्तरण

काठमाडौं : डाबर नेपालले भूकम्प पीडितको राहतको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ।

डाबर नेपालले विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना  गरेको छ।

डाबर नेपाल यस संकटको घडीमा भूकम्प प्रभावित जिल्लाका जनतासँग ऐक्यबद्धता उभिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई कम्पनीका अध्यक्ष श्रीमती इश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरूले चेक हस्तान्तरण गरेको थियो।

मंसिर ११, २०८० सोमबार ०७:५९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।