लिबर्टी माइक्रो लाइफ पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध

लिबर्टी माइक्रो लाइफ पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध

काठमाडौं : लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ।

यसका निम्ति लिबर्टी माइक्रो लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

उक्त सम्झौतापछि लिबर्टी माइक्रो लाइफ एनपीएसमा आबद्ध पाँचौ माइक्रो लाइफ इन्सुरेन्स हुने एनपीएसले जनाएको छ।

एपीएसमा जोडिएसँगै बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खाताहरूबीच सोझै गर्न सक्नेछ।

मंसिर ११, २०८० सोमबार ०७:५४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।