युद्धविराममा पनि इजरायलले आक्रमण नरोकेको प्यालेस्टाइनको दाबी

युद्धविराममा पनि इजरायलले आक्रमण नरोकेको प्यालेस्टाइनको दाबी

एजेन्सी : प्यालेस्टाइनले युद्धविरामको समयमा पनि इजरायलले आक्रमण गरिरहेको दाबी गरेको छ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा शनिबार ६ प्यालेस्टाइनीको हत्या गरेको दाबी गरेको हो।

प्यालेस्टिनी सशस्त्र समूहहरूको गढ रहेको जेनिन नजिकै रहेको काबातियामा २५ वर्षीय डाक्टरको घरबाहिर हत्या गरिएको दाबी गरेको हो।

यसैगरी रामल्लाह नजिकै अल-बिरेहमा अर्का प्यालेस्टिनीको मृत्यु भएको छ। जेनिनमा चार व्यक्तिको मृत्यु भएको थियो।

इजरायली सेनाले सहरमा प्रवेश गर्ने ठूलो संख्यामा सशस्त्र सवारी साधनहरूमा लक्षित गरेर गोली प्रहार गरेको जनाइएको छ।

इजरायल र प्यालेस्टाइनबीच अहिले अस्थायी युद्ध विराम छ। दुवै पक्षबीच एकअर्काले बन्धक बनाएहरूलाई रिहा गर्ने क्रम जारी छ।

इजरायली अधिकारीहरूका अनुसार, हमासले गत महिना अक्टोबर ७ मा इजरायलमा सीमापार हमला गरेपछि वेस्ट बैंकमा हिंसा बढेको थियो।

मंसिर १०, २०८० आइतबार ०८:५५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।