पिकनिक गएर फर्किएको स्कुल बस दुर्घटनामा दुई विद्यार्थीसहित तीन जनाको मृत्यु

पिकनिक गएर फर्किएको स्कुल बस दुर्घटनामा दुई विद्यार्थीसहित तीन जनाको मृत्यु

विराटनगर : उदयपुरमा पिकनिक गएर फर्किएको स्कुल बस दुर्घटनामा दुई विद्यार्थीसहित तीन जनाको मृत्यु भएको छ।

बनभोज मनाएर फर्कदै गरेको स्कुल बस उदयपुरगढी गाउँपालिका–७ अधेरी झर्नानजिकै दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका बस चालक त्रियुगा नगरपालिका–५ का ४० वर्षीय भिखन चौधरी, त्रियुगा–६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकास चौधरीको उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा सिकिस्त घाइते भएका अन्य १२ जनालाई विराटनगर ल्याइएको छ। घाइते अन्य २५ जनाको उदयपुर सदरमुरकाम गाईघाटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्रियुगा नगरपालिका–५ देउरीस्थित अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र–०५–००१ ख ००४४ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

मंसिर १०, २०८० आइतबार ०७:१०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।