पोखरामा जुवा खालबाट आठ जना पक्राउ, १ लाख ५ हजार बरामद

पोखरामा जुवा खालबाट आठ जना पक्राउ, १ लाख ५ हजार बरामद
फाइल तस्बिर

कास्की : पोखराबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका-१४ चाउथेस्थित प्रज्वल प्रतिक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना शुक्रबार राति पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा खाजा घरका सञ्चालक पर्वत कुश्मा नगरपालिका-१३ घर भएका ४५ वर्षीय प्रेम बहादुर कार्कीसहित आठ जना हुन्।

उनीहरूको साथबाट प्रहरीले नगद १ लाख ५ हजार ५ सय ६० रूपैयाँ र १ बुक तास पनि बरामद गरेको छ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मंसिर ९, २०८० शनिबार १३:१५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।