इजरायल विरोधी पोस्टका कारण शोबाट हटाइएकी हलिउड अभिनेत्रीले भनिन्- म चुप लाग्दिनँ

इजरायल विरोधी पोस्टका कारण शोबाट हटाइएकी हलिउड अभिनेत्रीले भनिन्- म चुप लाग्दिनँ

एजेन्सी : अमेरिकी टिभी सिरिज ‘स्क्रीम’की अभिनेत्री मेलिसा ब्रेरालाई इजरायल विरोधी विषयमा बाेलेपछि सिरिजको सातौं सिजनबाट निकालिएको छ।

आफूलाई सिजनबाट निकालिएपछि मेक्सिकन अभिनेत्री मेलिसाले यो विषय बाहिर ल्याएकी हुन्। उनले भनेकी छन्, ‘मौन बस्नु विकल्प हैन।’

मेलिसाले आफ्नो सामाजिक सञ्जालमा इजरायल र हमासबीचको हालैको तनावको बारेमा पोस्ट गरेकी छन्। जसमा उनले गाजामा भइरहेको ‘नरसंहार’ रोकिनुपर्ने धारणा राखेकी थिइन्।

मेलिसाकाे याे बयानलाई सिरिज बनाउने स्टुडियोले ‘यहुदी विरोधी’ समेत भनेकाे थियाे।

मेलिसाले यस विषयमा पनि सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म यहुदी विराेधी भावना र इस्लामाेफाेबियाको निन्दा गर्छु। म मानिसहरूको कुनै पनि समूहविरुद्ध कुनै पनि प्रकारको घृणा र पूर्वाग्रहको निन्दा गर्छु।’

मंसिर ९, २०८० शनिबार ११:०८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।