दुर्गा प्रसाईं नेतृत्वकाे अभियानले सिफल चाैरमा प्रदर्शन गर्ने

दुर्गा प्रसाईं नेतृत्वकाे अभियानले सिफल चाैरमा प्रदर्शन गर्ने

काठमाडौं : दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानले आज काठमाडौंको सिफल चौरमा प्रर्दशन गर्ने भएको छ।

त्यसका लागि महाअभियानले शुक्रबार आग्रह गरेपछि शान्तिपूर्ण प्रर्दशनका लागि अनुमति दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए।

यसअघि शुक्रबार तीनकुनेमा गर्न भनिएको प्रदर्शन भने अनुमति नलिएको भन्दै प्रशासनले रोक लगाएको थियो। प्रदर्शनका लागि पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेकामध्ये पाँच जनाबाहेक सबैलाई प्रहरीले हिजै छाडेको छ। पाँच जनालाई नछाड्नुकाे कारणबारे प्रहरीले बताएको छैन।

​​​​​​

मंसिर ९, २०८० शनिबार १०:२१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।