१३ बन्दीको सट्टा इजरायलद्वारा ३९ प्यालेस्टिनी बन्दी रिहा

१३ बन्दीको सट्टा इजरायलद्वारा ३९ प्यालेस्टिनी बन्दी रिहा

एजेन्सी : हमासले इजरायली बन्धकहरूको समूहलाई रिहा गरेपछि ३९ प्यालेस्टाइनी बन्दी रिहा भएका छन्।

२४ महिला र १५ किशोरहरूको समूहलाई बन्दी आदानप्रदान गरिएकाे हाे।

उनीहरूलाई इजरायलको कब्जामा रहेको वेस्ट बैंकको बेतुनिया चेकपोस्ट नजिक रिहा गरिएको थियो। कतारको मध्यस्थतामा कैदीहरुलाई रिहा गरिएको हो।

यसमा इजरायल र हमासबीचको द्वन्द्वमा चार दिन युद्धविराम भएकाे हाे। रिहा भएका कैदीहरूमाथि ढुङ्गा हानेदेखि हत्या प्रयाससम्मका अभियोगहरू छन्।

तीमध्ये केही दोषी ठहर भइसकेका छन् भने केही मुद्दा चलिरहेका छन्।

यसअघि हमासले १३ इजरायली बन्धकहरूलाई रिहा गरेको थियो। यी बन्धकहरूलाई राहत कार्यमा संलग्न रेडक्रसलाई सुम्पिएको थियो र इजिप्टसँगको गाजाको सिमानामा लगिएको थियो।

मंसिर ९, २०८० शनिबार ०९:२४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।