बर्दियामा आगलागीमा परेर तीन बालबालिकासहित चार जनाको मृत्यु

बर्दियामा आगलागीमा परेर तीन बालबालिकासहित चार जनाको मृत्यु
आगलागी भएको घर। तस्बिर- जिल्ला प्रहरी कार्यालय बर्दिया

बर्दिया : बर्दियाको गुलरियामा आगलागीमा परेर चार जनाको मृत्यु भएको छ।

शुक्रबार राती गुलरिया नगरपालिका-४ तुलापुरस्थित करिस्मा चन्दको घरमा सुतिरहेकाे समयमा आगलागी हुँदा तीन बालबालिकासँगै चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा छन्।

२८ वर्षकी करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ।

राति करिव १० बजे आगलागी भएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सिराम अर्यालले जानकारी दिए।

साँझ खाना खाइसकेपछि आगो तापेर सुतेको र त्यसैबाट आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ।

मंसिर ९, २०८० शनिबार ०८:४२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।