मुम्बई फर्किए हार्दिक
काठमाडौं : गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्या इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा मुम्बई इन्डियन्समा फर्किने भएका छन्।
खेलाडी ट्रेडमार्फत उनी मुम्बई फर्किने पक्का छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी १५ करोड भारुमा मुम्बई फर्किने भएका छन्।
मुम्बईले २०२२ को मेघा अक्सनमा सबैलाई सरप्राइज दिँदै हार्दिकलाई टोलीबाट फुकुवा गरेको थियो। हार्दिकलाई २०१५ को अक्सनमा मुम्बईले १० लाख भारुमा अक्सनमा किनेको थियो।
मुम्बईले २०१५, २०१७, २०१९ र २०२० मा आईपीएलको उपाधि जित्दा उनी टोलीका प्रमुख अलराउन्डर थिए। २०२२ मा गुजारातको डेब्यु सिजनमै हार्दिकले कप्तानी गर्दै टोलीलाई च्याम्पियन बनाएका थिए।
हार्दिक ट्रेड हुने तेस्रो कप्तान हुन्। यसअघि २०२० मा रविचन्द्रन आश्विन पन्जाब किंग्सबाट दिल्ली क्यापिटल्स तथा राजस्थान रोयल्सबाट अजिंक्या रहाणे दिल्लीमा पुगेका थिए।
हार्दिकले छाडेपछि मुम्बईको प्रदर्शन राम्रो हुन सकेको छैन।
हार्दिक फर्किदा गत वर्ष अक्सनमा १७ करोड ५० लाख भारुमा किनेका अष्ट्रेलिया अलराउन्डर क्यामरन ग्रिनलाई मुम्बईले टोलीबाट फुकुवा गर्ने उच्च सम्भावना छ।
मंसिर ९, २०८० शनिबार ०७:४५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।