हमासले २४ बन्धकलाई मुक्त गर्‍यो, विपिन मुक्त होलान् ?

हमासले २४ बन्धकलाई मुक्त गर्‍यो, विपिन मुक्त होलान् ?

काठमाडौँ : हमासले आफ्नो नियन्त्रणमा रहेका १३ इजरायली र १२ थाइगरि २५ जनालाई रिहा गरेको छ। अन्तर्राष्ट्रिय रेडक्रसको रोहवरमा हमासले उनीहरूलाई बन्धनमुक्त बनाएको हो।

उनीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसमा प्रतिनिधीहरुले इजिप्ट लगेका छन्। इजिप्टबाट उनीहरूलाई सम्बन्धित देश पठाउने बताइएको छ। उनीहरूलाई इजिप्टमा राखेर प्रारम्भमा स्वास्थ्य अवस्था परीक्षण गरिने बताइएको छ।

को-को रिहा भए भन्ने विस्तृत विवरण भने सार्वजनिक भएको छैन। नेपाली नागरिक विपिन जोशी समेत हमासलको नियन्त्रणमा छन्। अन्तर्राष्ट्रिय मिडियाहरूले जनाए अनुसार बन्धनमुक्त भएका १३ जना नै इजरायली नागरिक हुन्। बन्धनमुक्त १२ जना थाई नागरिक युद्ध विरामको सर्त भन्दा पनि थाइल्यान्डकै पहलमा मुक्त भएको बताइएको छ।

उता इजरायलले समेत आफ्नो हिरासतमा रहेको ३९ जना प्यालेस्टिनी बन्धकहरूलाई रिहा गरेको छ।

मंसिर ८, २०८० शुक्रबार २२:१०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।