हमासले बन्धक बनाएको १३ जनालाई रिहा गर्यो, नाम सार्वजनिक भएन

काठमाडौँ : हमासले आफ्नो नियन्त्रणमा रहेका १३ जना बन्धकलाई रिहा गरेको छ। अन्तर्राष्ट्रिय मिडियाका अनुसार अस्थायी युद्ध विरामको सर्त अनुसार हमासले आफ्नो नियन्त्रणमा रहेका बन्धकहरूलाई रिहा गरेको हो।
नेपाली नागरिक विपिन जोशी समेत हमासको नियन्त्रणमा छन्। को-को रिहा भए भन्ने विस्तृत विवरण भने सार्वजनिक भएको छैन। थाइल्याण्डले आफैँ गरेको वार्ताका आधारमा हमासको नियन्त्रणमा रहेका १२ जना थाई नागरिक समेत रिहा भएका छन्।
सर्त अनुसार इजरायलले समेत आफ्नो जेलमा रहेका प्यालेस्टिनी नागरिकहरूलाई रिहा गरेको छ।
मंसिर ८, २०८० शुक्रबार २१:३७:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।