नेपाल लाइफ इन्स्योरेन्सलाई मुम्बइमा आउटस्ट्यान्डिङ पर्फर्मेन्सको सम्मान

नेपाल लाइफ इन्स्योरेन्सलाई मुम्बइमा आउटस्ट्यान्डिङ पर्फर्मेन्सको सम्मान

काठमाडौँ : भारतको मुम्बईमा आयोजित चौथो आइसिसी इमर्जिंग एसिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड,२०२३ मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा क्षेत्रमा नेपालमा उत्कृष्ट काम गरेको भन्दै सम्मानित भएको छ।

समारोहमा नेपाल लाइफले ‘आउटस्ट्यान्डिङ पर्फर्मेन्स् इन द लाइफ इन्सुरेन्स इन्डस्ट्रिज अफ नेपालबाट सम्मान पाएको थियो।

अवार्ड समारोह इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजना गरिएको हो। दाबी भुक्तानीको अनुपात,चुक्ता पुँजी, प्रथम बीमा शुल्क आर्जन र कम्पनीद्वारा प्रशिक्षणमा गरिएको लगानी लगायतका मापदण्डका आधारमा नेपाल लाइफ सम्मानित भएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्मान लिएका थिए।

चौथो आइसिसी इमर्जिंग एसिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड,२०२३ पिडब्लुसी भारतको सहकार्यमा भएको हो। संसारमै लब्ध प्रतिष्ठित परामर्शदाता पिडब्लुसिले एसियामा उदीयमान इन्स्योरेन्स कम्पनीहरूको कार्यसम्पादन प्रक्रियालाई समीक्षा गर्दै कम्पनीहरूलाई विभिन्न विधामा सम्मानित गरेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएपछि सफलताको बाटोमा अग्रसर रहन प्रेरित भएको बताएका थिए। उनले सामूहिक सहकार्य गर्दै जीवन बीमाको महत्त्व तथा यसको उपयोगिताको बारे अझै प्रभावकारी ढंगले नेपाली समाजलाई जागृत गराउँदै बीमाको लागि प्रोत्साहन गराउने बताए।

मंसिर ८, २०८० शुक्रबार २०:०५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।