सिटिजन लाइफ इन्स्योरेन्सलाई मुम्बइमा ‘बेस्ट स्ट्राटिजिक’ पुरस्कार
काठमाडौँ : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इण्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित ‘इमर्जिङ एसिया इन्सुरेन्स अवार्ड’ को चौथो संस्करणमा ‘बेस्ट स्ट्राटिजिक फर इस्युरेन्स स्प्रेडिङ’ अवार्ड पाएको छ।
भारतको महाराष्ट्रमा आयोजित समारोहमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले सो पुरस्कार लिएका थिए।
जीवन बिमा कम्पनी भरिमा बिमा सम्बन्धी सेवा विस्तार र बिमा सचेतना फैलाउन उत्कृष्ट रणनीति अपनाएको कम्पनीको रूपमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी पुरस्कृत भएको हो।
२०७४ भदौमा नेपाल बिमा प्राधिकरणबाट सञ्चालनको अनुमति पाएपछि २०७४ कार्तिकबाट सिटिजन लाइफ इन्स्योरेन्स सञ्चालनमा आएको थियो।
नेतृत्वदायी भूमिका निर्वाह गर्दै बिमाको क्षेत्रमा विशेष योगदान पुर्याउने एसिया महादेश भित्रका इन्स्योरेन्स कम्पनीहरू मध्येबाट उत्कृष्टहरूलाई इण्डियन चेम्बर अफकमर्सले ४ वर्षदेखी विशेष कार्यक्रम आयोजना गरेर पुरस्कृत गर्दै आएको छ।
मंसिर ८, २०८० शुक्रबार १६:३०:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।