महेश बस्नेतको अराजक अभिव्यक्ति- मध्यपहाडी राजमार्गमा हिँड्ने अधिकार केपी ओलीलाई मात्रै छ

महेश बस्नेतको अराजक अभिव्यक्ति- मध्यपहाडी राजमार्गमा हिँड्ने अधिकार केपी ओलीलाई मात्रै छ

काठमाडौं : युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले मध्यपहाडी (पुष्पलाल) राजमार्गमा हिँड्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई मात्र भएको अराजक अभिव्यक्ति दिएका छन्।

एमाले पार्टी कार्यालयमा शुक्रबार आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा बस्नेतले उक्त राजमार्ग एमालेको पहलमा बनाएको दाबी गरे।

उनले पुष्पलाल र मध्यपहाडी राजमार्ग निर्माणको जस एमालेले मात्र पाउनुपर्ने हठ मात्र गरेनन्, ओलीबाहेक अरु नेतालाई हिँड्ने अधिकारसमेत नभएको निरङ्कुश कुरा गरे।

‘मध्यपहाडी एवं पुष्पलाल राजमार्ग भनेर बनाउने गौरवपूर्ण जस भएको पार्टी एमाले हो,’ उनले भने, ‘त्यही भएर मध्यपहाडी राजमार्गमा हिँड्ने अधिकार केपी ओलीलाई मात्रै छ, अरु कुनै नेतालाई छैन। एमालेबाहेक अरु कसैलाई छैन।’

मध्यपहाडी राजमार्गबाटै जनतामा नयाँ जागरणको अभियान चलाउने बताए।

मंसिर ८, २०८० शुक्रबार १४:२१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।