मुम्बई एयरपोर्टको टर्मिनल २ मा बम विस्फोट गर्ने धम्की, १० लाख डलर बिटक्वाइन माग

मुम्बई एयरपोर्टको टर्मिनल २ मा बम विस्फोट गर्ने धम्की, १० लाख डलर बिटक्वाइन माग

एजेन्सी : भारतको मुम्बईस्थित छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ मा बम विस्फोट गरिदिने धम्की आएको छ।

बिहीबार ईमेलमार्फत आएको धम्कीमा ४८ घण्टाभित्र बिटक्वाइनमार्फत १० लाख डलर ट्रान्सफर गर्न भनिएको छ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार यस विषयमा एफआईआर दर्ता भएर अनुसन्धान थालिसकिएको छ।

प्रहरीका अनुसार यो इमेल बिहीबार बिहान करिब ११ बजे मुम्बई इन्टरनेशनल एयरपोर्ट लिमिटेडको फिडब्याक इनबक्समा आएको थियो।

धम्की दिइएको इमेलमा लेखिएको थियो, ‘यो तपाईको एयरपोर्टको लागि अन्तिम चेतावनी हो। यदि उपलब्ध गराइएको ठेगानामा बिटकोइनमा १० लाख डलर पठाइएन भने हामी ४८ घण्टाभित्र टर्मिनल-२ मा विस्फोट गर्नेछौँ। २४ घण्टापछि अर्को चेतावनी आउनेछ।’

मंसिर ८, २०८० शुक्रबार १४:०५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।