‘हाम्रो बाउलाई छाड्दिनु’ भन्दै प्रदर्शनकारीको प्रसाईंको घर नजिक नाराबाजी

‘हाम्रो बाउलाई छाड्दिनु’ भन्दै प्रदर्शनकारीको प्रसाईंको घर नजिक नाराबाजी

काठमाडौं : स्थानीय प्रशासनले दुर्गा प्रसाईंलाई स्थान हद लगाउँदै घर बाहिर निस्कन नदिएपछि उनका समर्थक भक्तपुरमा रहेको उनको घर परिसर बाहिर भेला भएका छन्।

तीनकुनेमा प्रदर्शन गर्न  पुगेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएपछि प्रसाईंका समर्थक उनकै घर नजिक भेला भएका हुन्।

उनको घर बाहिर भेला भएका प्रदर्शनकारीहरूले लघुवित्तको खारेज, मिटर ब्याजीमाथि कारबाही, ब्याज दर घटाउने र सहकारीमाथि कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन्।

केहीले दुर्गा हाम्रो आमा हो, दुर्गा हाम्रो बाउ हो, हाम्रो बाउलाई छाड्दे भन्दै नाराबाजी गरिरहेका छन्।

मंसिर ८, २०८० शुक्रबार १३:४१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।