भारतीय क्रिकेटर श्रीसान्तविरुद्ध ठगीको आरोपमा जाहेरी दर्ता

भारतीय क्रिकेटर श्रीसान्तविरुद्ध ठगीको आरोपमा जाहेरी दर्ता

एजेन्सी : भारतीय क्रिकेटर एस श्रीसान्तविरुद्ध ठगीको आरोप लागेको छ। केरलाका सतीश गोपालनले उनले ठगी गरेको आरोप लगाएका हुन्।

सन् २०१९ मा राजीव कुमार र वेंकटेश केनीले खेलकुद एकेडेमी बनाउने भन्दै पैसा लिएर ठगी गरेको उनको दाबी छ। कोल्लुरमा एकेडेमी बनाउने भनिए पनि यसको काम सुरु भएको छैन।

सतीशको आरोपमा प्रहरीले श्रीसान्तसँगै वेंकटेश र राजीवविरुद्ध मुद्दा दर्ता गरेको छ। श्रीसान्तलाई यस मामिलामा तेस्रो अभियुक्त मानिएको छ। भारतीय प्रहरीले आईपीसीको धारा ४०२ अन्तर्गत तीन जना विरुद्ध मुद्दा दर्ता गरेको हो।

श्रीसान्त यसअघि सन् २०१३ मा आइपिएलमा स्पट फिक्सिङको मुद्दामा पक्राउ परेका थिए। उनी राजस्थान रोयल्सको टोलीमा थिए। बीसीसीआईले श्रीसान्तलाई आजीवन प्रतिबन्ध लगायो। तर ७ वर्षपछि उनी निर्दोष ठहरिए। प्रतिबन्ध हटेपछि उनी केरलाको घरेलु क्रिकेटमा सक्रिय भएका थिए।

मंसिर ८, २०८० शुक्रबार १३:१०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।