दुर्गा प्रसाईँलाई भक्तपुर ‘छाडेर’ पूर्व राजा ज्ञानेन्द्र बिर्तामोड जाने

दुर्गा प्रसाईँलाई भक्तपुर ‘छाडेर’ पूर्व राजा ज्ञानेन्द्र बिर्तामोड जाने

काठमाडौँ : दुर्गा प्रसाईँको आन्दोलनबारे मौन बसेका  पूर्व राजा ज्ञानेन्द्र शाह झापा जाने भएका छन्।

उनी बिर्तामोडमा रहेको ईकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न झापा जान लागेका हुन्।

पूर्व राजा झापा आउँदा राप्रपाले यसलाई शक्ति प्रदर्शनको माहौल बनाउने प्रयास गरेको छर भ्रमण व्यवस्थापनका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन एक सातादेखि झापामै  छन्।

शाह धुलाबारी पूर्वमा रहेको मेची रिसोर्टमा बस्दैछन्। शनिवार धुलाबारीस्थित निन्दा खोलाको पुलबाट उनको स्वागतमा मोटर साइकल र्याली निकाल्ने तयारी छ।

बिर्तामोडमा शाह ४५ मिनेट पैदल हिँडेर सर्वसाधारणसँग भेट गर्ने कार्यक्रम राखिएको छ।

यता राजसंस्था फर्काउने भन्दै दुर्गा प्रसाईँले आयोजना गरेको प्रदर्शनमा शाह मौन बसेका थिए। उनी मौन बसेपछि प्रसाईँले शाह काँतर देखिएको प्रतिक्रिया दिएका थिए।

प्रसाईँले शुक्रवार तीनकुनेमा प्रदर्शन गर्ने प्रयास गरे पनि स्थानीय प्रशासनले बल्खु बाहेक अन्यत्र अनुमति दिएन। उनी तीनकुनैमै आउने तयारी गरेपछि स्थानहद तोक्दै उनलाई भक्तपुरको घरबाट बाहिर निस्कन दिइएको छैन। तीनकुने पुग्ने उनका समर्थक पक्राउ परिरहेका छन्।

मंसिर ८, २०८० शुक्रबार १३:००:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।