प्रसाईँ प्रदर्शन रोक्न बदलियो सुरक्षा रणनीति, नेतृत्वलाई स्थान हद, समर्थक पक्राउ

प्रसाईँ प्रदर्शन रोक्न बदलियो सुरक्षा रणनीति, नेतृत्वलाई स्थान हद, समर्थक पक्राउ
बिहिवार बल्खुमा भएको प्रदर्शन।

काठमाडौँ : दुर्गा प्रसाईँ समूह  तीनकुनेमा भेला भएर सिंहदरबार क्षेत्रतिर जाने तयारी गरेपछि स्थानीय प्रशासनले सुरक्षा रणनीति बदलेको छ।

प्रसाईँले प्रदर्शनका लागि तोकिएको बल्खु नगई तीनकुनेमा भेला भएर नयाँबानेश्वरहुँदै सिंहदरबार जाने तयारी गरेको सूचनाको आधारमा स्थानीय प्रशासनले प्रसाईँलाई स्थान हद लगाएर घरबाट बाहिर निस्कन दिएको छैन। उनका समर्थकलाई नियन्त्रणमा लिइरहेको छ।

मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, युवा शक्तिका अध्यक्ष पशुपति खड्का र आवास खड्का पक्राउ परेका छन्।  

प्रसाईँलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले स्थान हद लगाएपछि उनलाई घर बाहिर निस्कन नदिन भक्तपुरमा रहेको उनको घर बाहिर सुरक्षाकर्मी परिचालन गरिएको छ।

तीनकुनेमा प्रसाईँ समूहका प्रदर्शनकारी भेला हुन दिइएको छैन। शङ्का लागे लगत्तै सुरक्षाकर्मीले नियन्त्रणमा लिइरहेको छ। उता बिहीबारको प्रदर्शनमा प्रहरी घेरा तोड्ने प्रयास गर्ने, ढुंगामुढा गर्न संलग्नहरू खोज्दै पक्राउ गरिरहेको छ।

मंसिर ८, २०८० शुक्रबार ११:५१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।