प्रहरी प्रमुखमाथि खनिए प्रसाईं- ‘महिला सुतेको ठाउँमा राति-राति जानेलाई पक्राउ नगरेर कसका बाख्रा चराउन जानुभाछ?’

प्रहरी प्रमुखमाथि खनिए प्रसाईं- ‘महिला सुतेको ठाउँमा राति-राति जानेलाई पक्राउ नगरेर कसका बाख्रा चराउन जानुभाछ?’

काठमाडौं : गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंले आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका छन्।

घरमै पत्रकार सम्मेलन गरेर उनले आफू नागरिक बचाउन आएको बताए।

‘मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने?’ उनले प्रश्न गरे, ‘हामीले गणतन्त्र यसैका लागि ल्याएको हो?’

प्रसाईंले हिजो सैनिक हिरासतको कठोर यातना भोगेको बताउँदै आज पुलिसको यातना भोग्न पनि तयार रहेको बताएका हुन्।

यस्तै उनले नेपाल प्रहरी प्रमुख बसन्तबहादुर कुँवरलाई प्रश्न गरेका छन्।

गत मंसिर ५ गते राति भक्तपुरको पार्टी प्यालेसमा सुतेका महिलाहरूलाई भगाउन जानेलाई पक्राउ नपरेको भन्दै उनले आईजीपी कुँवरमाथि खनिएका हुन्।

‘महिला सुतेको ठाउँमा राति राति लगार्न जाने अनि दुर्व्यवहार गर्नेलाई आजसम्म पक्राउ गर्न सकेको छ प्रहरीले?,’ उनले प्रश्न गरे, ‘त्यस्ता बलात्कारी र अपराधीलाई नसमातेर कसका बाख्रा चराउन जानुभाछ आईजीसाप तपाईं?’

मंसिर ८, २०८० शुक्रबार ११:४५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।