नेपाल प्रहरीका १५ एसएसपीको सरुवा, उपत्यका अपराधमा राठौर आउँदा भूपेन्द्र काठमाडौं परिसरमा

नेपाल प्रहरीका १५ एसएसपीको सरुवा, उपत्यका अपराधमा राठौर आउँदा भूपेन्द्र काठमाडौं परिसरमा

काठमाडौं : नेपाल प्रहरीका १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले १५ जना एसएसपीको सरुवा गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोजकुमार केसीको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय नक्सालमा काज सरुवा भएको छ।

उनको ठाउँमा सोमेन्द्रसिंह राठौरलाई ल्याइएको छ।

यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा सरुवा भएको छ।

उनको ठाउँमा भूपेन्द्रबहादुर खत्रीलाई ल्याइएको छ। यी दुबै पहिल्यैै काजमा सरुवा भएका थिए। शुक्रवार नियमित सरुवा निकालेको हो।

यस्तो छ सरुवाको सूचीः

मंसिर ८, २०८० शुक्रबार १०:५१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।