कात्तिकमा आयात घट्यो

कात्तिकमा आयात घट्यो

काठमाडौं : कात्तिक महिनामा आयातमा कमी आएको छ।

भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यात तथ्याङ्कअनुसार असोज–कात्तिक महिनामा ५ खर्ब १२ अर्ब ५० लाख रुपैयाँको मात्रै सामान आयात भएको हो।

असोज महिनामा गत वर्षको तुलनामा आयात १.६९ प्रतिशतले बढेर ४ खर्ब ७ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको थियो।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयात निर्यातको अनुपातमा ३.७९ प्रतिशतले कमी आएको हो।

गत आर्थिक वर्षको असोज–कात्तिक महिनामा ५ खर्ब ३२ अर्ब ६९ लाख रुपैयाँ बराबरको सामान आयात भएको थियो।

त्यस्तै, चालू आर्थिक वर्षको असोज र कात्तिक महिनामा नेपालबाट निर्यातमा पनि कमी आएको छ।

असोज-कात्तिक महिनामा मात्रै नेपालले ५० अर्ब ५६ करोड ५३ लाख रुपैंया बराबरको निर्यात गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा ५४ खर्ब ७७ लाख ४३ करोड रुपैयाँ बराबरको निर्यात गरेका थियो। यो गत बर्षको तुलनामा ७.६८ प्रतिशतले कमी आएको हो।

त्यस्तै, नेपालले असोज कात्तिक महिनामा ४ खर्ब ६१ अर्ब ९३ लाख ८ हजार बराबरको व्यापार घाटा व्यहोरेको छ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनमा चालू आर्थिक बर्षको श्रावण देखि कात्तिक सम्ममा गत बर्षको तुलनामा कम वैदेशिक व्यापारमा पनि कमी आएको छ।

गत आर्थिक वर्षको पहिलो महिनादेखि कात्तिक महिनासम्मको अवधिमा ५ खर्ब ८७ अर्ब ४६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो महिनादेखि कात्तिक मसान्त सम्मको अवधिमा ५ खर्ब ६३ अर्ब ६८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ।

यो गत वर्षको तुलनामा ४.१५ प्रतिशतले कमी हो।

मंसिर ८, २०८० शुक्रबार ०९:४०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।