काठमाडौं प्रशासनले भन्यो- दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिइएको छैन

काठमाडौं प्रशासनले भन्यो- दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिइएको छैन

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’लाई तीनकुने क्षेत्रमा कार्यक्रम गर्न अनुमति नदिएको जनाएको छ।

प्रसाईंले शुक्रबारदेखि तीनकुने क्षेत्रमा कार्यक्रम गर्ने र निषेधित क्षेत्र ताेड्ने अभिव्यक्ति दिएपछि प्रशासनले बिहीबार साँझ नै एक विज्ञप्ति निकालेर अनुमति नदिइएको जनाएको हो।

प्रसाईंले गलत मनशायका साथ तीनकुने क्षेत्रमा कार्यक्रम गर्ने घोषणा गरेको भन्दै प्रशासनले उक्त क्षेत्रमा जबरजस्ती कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ।

मंसिर ८, २०८० शुक्रबार ०८:५३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।