नेपाली सेनाका ३४ सय पदमा जागिर खुल्यो

नेपाली सेनाका ३४ सय पदमा जागिर खुल्यो

काठमाडौं : नेपाली सेनाले ३४ सय पदका लागि दरखास्त आह्वान गरेको छ।

सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो।

सैन्य पदमा तीन हजार र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ३ सय ९९ कर्मचारी सेनाले मागेको हो।

देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गतेसम्म निर्धारण गरिएको छ।
हेर्नूहोस् विज्ञापन:-

मंसिर ८, २०८० शुक्रबार ०८:३५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।