अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी२० आई सिरिजमा भारतको सुखद् सुरुवात

अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी२० आई सिरिजमा भारतको सुखद् सुरुवात

काठमाडौं : पाँच खेलको टी२० आई सिरिजको पहिलो खेलमा भारतले भारतले अष्ट्रेलियालाई दुई विकेटले पराजित गरेको छ।

विसाखापटनमस्थित डाक्टर राजाशेखर रेड्डी क्रिकेट रंगशालामा २०९ रन पछ्याएको भारतले एक बल बाँकी छँदै आठ विकेट गुमाएर लक्ष्य भेट्टायो।

भारतका लागि कप्तान सुर्यकुमार यादवले सर्वाधिक ८० रन बनाए। इसान किसनले ५८, रिंकु सिंहले २२ र यसस्वी जैसवालले २१ रन बनाए।

अष्ट्रेलियाका तनवीर सांगाले २ विकेट लिए। 

त्यसअघि टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले जोस इङ्लिसको शतकप्रेरित खेलमा घरेलु टोली भारतसामू २ सय ८ रन बनाएको थियो।

अस्ट्रेलियाका लागि इङ्लिसले ५० बलमा ११ चौका र आठ छक्काको मद्दतले सर्वाधिक १ सय १० रनको योगदान गरे।

यसैगरी स्टिभ स्मिथ ५२, म्याथ्यु सर्ट १३ रन बनाएर आउट हुँदा टिम डेविडले अविजित रहँदै १९ रन जोडे।

भारतका रवि बिश्नाई र प्रसिद्ध कृष्णले समान एक-एक विकेट लिए।

पाँच टी२० आई सिरिज दोस्रो खेल नोभेम्बर २६ मा त्रिवान्तपुरम, तेस्रो खेल नोभेम्बर २८ मा गुहावटीमा हुनेछ।

त्यसैगरी चौथो र पाँचौं खेल नोभेम्बर २८ र डिसेम्बर ३ मा क्रमश: रायपुर र बेंगलुरुमा हुने तय भएको छ।

एक दिवसीय विश्वकप लगत्तै यो सिरिज भएकाले दुवै टीमले आफ्ना पहिलो रोजाइका खेलाडीहरूलाई आराम दिएका छन्।

मंसिर ८, २०८० शुक्रबार ०७:५१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।