नेपालको व्यापारको हालत : ५ खर्ब १२ अर्ब आयात, ५० अर्ब ५६ करोड निर्यात

नेपालको व्यापारको हालत : ५ खर्ब १२ अर्ब आयात, ५० अर्ब ५६ करोड निर्यात

काठमाडौँ : भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यात तथ्याङ्क अनुसार असोज–कात्तिक महिनामा ५ खर्ब १२ अर्ब ५० लाख रुपैंयाको मात्रै सामान आयात भएको छ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयात निर्यातको अनुपातमा ३.७९ प्रतिशतले कमी आएको हो। गत आर्थिक वर्षको असोज–कात्तिक महिनामा ५ खर्ब ३२ अर्ब ६९ लाख रुपैंया बराबरको सामान आयात भएको थियो।

त्यस्तै, चालू आर्थिक वर्षको असोज र कात्तिक महिनामा नेपालबाट निर्यातमा पनि कमी आएको छ। असोज कात्तिक महिनामा नेपालले ५० अर्ब ५६ करोड ५३ लाख रुपैंया बराबरको निर्यात गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा ५४ खर्ब ७७ लाख ४३ करोड रुपैंया बराबरको निर्यात गरेका थियो। यो गत वर्षको तुलनामा ७.६८ प्रतिशतले कमी आएको हो।

त्यस्तै, नेपालले असोज कात्तिक महिनामा ४ खर्ब ६१ अर्ब ९३ लाख ८ हजार बराबरको व्यापार घाटा व्योहोरेको छ।

विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्षको श्रावण देखि कात्तिक सम्ममा गत वर्षको तुलनामा कम वैदेशिक व्यापारमा पनि कमी आएको छ। गत आर्थिक वर्षको पहिलो महिनादेखि कात्तिक महिनासम्मको अवधिमा ५ खर्ब ८७ अर्ब ४६ लाख रुपैंया बराबरको वैदेशिक व्यापार गरेकोमा चालु आर्थिक वर्षको पहिलो महिनादेखि कात्तिक मसान्त सम्मको अवधिमा ५ खर्ब ६३ अर्ब ६८ लाख रुपैंया बराबरको वैदेशिक व्यापार गरेको छ। जुन गत वर्षको तुलनामा ४.१५ प्रतिशतले कमी हो।

मंसिर ७, २०८० बिहीबार १९:४१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।