अब जति समय फिल्म चले पनि निर्माताले व्यापारको ५० प्रतिशत पाउने

अब जति समय फिल्म चले पनि निर्माताले व्यापारको ५० प्रतिशत पाउने

काठमाडौँ : चलचित्र निर्माता संघ र चलचित्र संघको टोलीबीच फिल्म रिलिज भएको तेस्रो हप्तापछि पनि सेयर बराबर बाँडफाँडमा सहमति भएको छ। तेस्रो हप्तापछि व्यापारको ६५ प्रतिशत प्रदर्शकले र ३५ प्रतिशत निर्माताले पाउने गरेका थिए।

फिल्म दिमाग खराब टिमले यसमा आपत्ति जनाएर फिल्म हलबाट उतार्ने चेतावनी दिएपछि दुवै संघले छलफलमा लागि गठन गरेको समितिले तेस्रो हप्तापछि पनि व्यापारको शेयर बाँडफाँड ५० प्रतिशतले गर्न सहमति भएको हो।

फिल्म क्षेत्रका अन्य समस्याबारे निरन्तर छलफल गर्न दुवै संघ कार्यदल बनाउन समेत सहमत भएका छन्। 

दुवै संघका प्रतिनिधीविच म‌ंगलबारबाट टोली बनेर वार्तामा बसेका थिए। तर मंगलबार र बुधबार सहमति हुन सकेन। बिहीबार बसेको बैठकमा सहमति भएको हो।

मंसिर ७, २०८० बिहीबार १७:४७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।