प्रसाईँको कार्यक्रम तितरबितर, पाँच जना घाइते

प्रसाईँको कार्यक्रम तितरबितर, पाँच जना घाइते

काठमाडौँ : राजसंस्था पुनर्स्थापनाको माग राख्दै दुर्गा प्रसाईँ समूहले गरेको प्रदर्शन तितरबितर भएको छ।

प्रदर्शनका लागि तोकिएको स्थान छाडेर कालीमाटी प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो। प्रहरीमाथि ढुङ्गा प्रहार भएपछि अश्रुग्याँस र पानीको फोहोरा प्रयोग भएको थियो।

प्रहरीले बल प्रयोगगर्दा तीन जना प्रदर्शनकारी र दुई जमा प्रहरी घाइते भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एक अधिकारीले बताए। प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारी तितरबितर भएका थिए।

सङ्गठित रूपमा कलङ्की जाने प्रयास पनि सफल भएन। उनीहरू सानेपामा भेला भएका थिए। प्रहरीले त्यताबाट पनि लखेटेपछि उनीहरू छरिए।

अहिले बल्खु क्षेत्रमा सुरक्षाकर्मी र केही रमिते मात्र देखिन्छन्। उता तीनकुनेमा युवा सङ्घले आयोजना गरेको विरोध प्रदर्शन सकिइसकेको छ। तीनकुनेको प्रदर्शन शान्तिपूर्ण समापन भयो।

मंसिर ७, २०८० बिहीबार १६:४८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।