बल्खुमा झडप, पानीको फोहरा र अश्रुग्यास प्रहार

काठमाडौं : काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ।
दुर्गा प्रसाईं समूहले तोकिएको क्षेत्र भन्दा बाहिर जान खोजेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको हो।
बल्खुबाट कालिमाटी हुँदै त्रिपुरेश्वरतिर भीड अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो।
अश्रुग्यास प्रहारसँगै प्रसाईं नेतृत्वको आन्दोलनमा आएका मानिस तितरवितर भएका छन्।
मंसिर ७, २०८० बिहीबार १४:४७:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।