रातो झण्डासहित युवा संघको कार्यक्रममा मिसियो अनेरास्ववियु

रातो झण्डासहित युवा संघको कार्यक्रममा मिसियो अनेरास्ववियु

काठमाडौं : एमाले निकट राष्ट्रिय युवा संघले तीनकुनेमा आयोजना गरेको विरोध प्रदर्शनमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु मिसिएको छ।

अनेरास्ववियुका विद्यार्थीहरू हातमा संगठनको झण्डा र टाउकोमा रातो टोपी लगाएर तीनकुनेस्थित कार्यक्रम स्थलमा पुगेका हुन्।

युवा संघले महंगी, भ्रष्टाचार, अनियमितता, अराजकता, राज्यको अकर्मण्यता, माफियागिरी, सामाजिक र धार्मिक सहिष्णुता र सद्भाव भड्काउने अपराधिक गतिविधि विरुद्धको प्रदर्शन गरेको भनेको छ।

प्रदर्शनलाई लक्षित गरेर गृह प्रशासनले काठमाडौंको तीनकुनेमा हजारौं सुरक्षाकर्मी परिचालन गरेको छ।

मंसिर ७, २०८० बिहीबार १२:४९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।