सुन चाँजबुझ आयोगमा चार जना प्राविधिकसहितका जनशक्ति थप

सुन चाँजबुझ आयोगमा चार जना प्राविधिकसहितका जनशक्ति थप

काठमाडौं : सरकारले सुनको अवैध तस्करी नियन्त्रणका लागि गठन भएको जाँचबुझ आयोगमा चार जना प्राविधिकसहितका जनशक्ति थप गर्ने भएको छ।

गृह मन्त्रालयको प्रस्तावमा आयोगको मागबमोजिम चार जना प्राविधिसहितका जनशक्ति थप निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

त्रिभुवन विमानस्थलमा स्कुटरको ब्रेक शुमा लुकाएर ल्याएको सुन बरामद गरेपछि त्यसको अनुसन्धानको लागि भन्दै सरकारले जाँचबुझ आयोग गठन गरेको थियो।

यस्तै सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले व्यक्तिगत कारण देखाइ दिएको राजीनामा कात्तिक २४ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ।

ऊर्जा सचिव दिनेशकुमार घिमिरेले पदावधि सकिनुभन्दा एक महिनाअघि व्यक्तिगत कारण देखाइ दिएको राजीनामा स्वीकृत गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।

मंसिर ७, २०८० बिहीबार १२:०२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।