स्वीट्जरल्याण्डले दिएको ६५ करोड अनुदान स्वीकार

स्वीट्जरल्याण्डले दिएको ६५ करोड अनुदान स्वीकार

काठमाडौं : सरकारले स्वीट्जरल्याण्डले दिने ६५ करोड अनुदान स्वीकार गर्ने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने ४.४६५ मिलियन स्वीस फ्रेन्स अर्थात् करिब ६५ करोड नेपाली रुपैयाँको अनुदान स्वीकार गर्ने निर्णय गरेको हो।

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो।

उक्त रकम प्राविधिक शिक्षाको सुधारका लागि स्वीट्जरल्याण्ड सरकारले दिएको हो।

मंसिर ७, २०८० बिहीबार ११:५५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।