जम्मूमा भएको भिडन्तमा चार भारतीय सेनाको मृत्यु, दुई घाइते

जम्मूमा भएको भिडन्तमा चार भारतीय सेनाको मृत्यु, दुई घाइते

एजेन्सी : बुधबार जम्मू कश्मीरको राजौरी जिल्लामा भएको सेना र चरमपन्थीको दोहोरो भिडन्तमा भारतीय सेनाका चार सैनिकको मृत्यु भएको छ। अन्य दुई घाइते भएका छन्।

सेना अधिकारीहरूका अनुसार दुई क्याप्टेन, एक हवल्दार र एक सिपाहीको मृत्यु भएको छ।

एक यस भिडन्तमा घाइते भएका मेजरहरू सहित अन्य सेनाहरूलाई उधमपुरको सेना अस्पतालमा भर्ना गरिएको छ।

प्रहरी सर्च अपरेसनपछि धर्मसालको बजिमल क्षेत्रमा चरमपन्थी र सेना तथा जम्मू-कश्मीर प्रहरीको संयुक्त बलबीच भिडन्त सुरू भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सामाजिक सञ्जाल एक्समा सेनाको ह्वाइट नाइट कोरले गरेको पोस्टमा भने विशेष गुप्तचर जानकारीको आधारमा आइतबार राजौरीको गुलाबगढ जंगलको कालाकोट क्षेत्रमा संयुक्त अभियान सुरू भएको उल्लेख छ।

सुरक्षा बलका अनुसार जारी अपरेशनमा चरमपन्थीहरू त्यहाँ फसेका थिए।

मंसिर ७, २०८० बिहीबार ०९:५६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।