जाजरकोट र रुकुम पूर्वका भूकम्पपीडितका लागि बीवाईडी नेपालको ११ लाख सहयोग
काठमाडौं : नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक सिमेक्स इन्कुसिभ प्राइभेट लिमिटेडले जाजरकोट र रुकुम पूर्वका भूकम्पपीडितका लागि ११ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले रुकुम पूर्वको सानीभेरी गाउँपालिकाका भुकम्प प्रभावित हरूका लागि भनि ११ लाख रुपैयाँ गाउँपालिकालाई हस्तान्तरण गरेको हो।
यस्तै कम्पनीले भूकम्प सहायता कोषसमेत सुरु गरेको छ, जसअनुसार बीवाईडी डल्फिन बुक गरेमा १० हजार रुपैयाँ र बीवाईडी अट्टो थ्री बुक गरेमा २० हजार रुपैयाँ कम्पनीको भूकम्प सहायता कोषमा जम्मा हुनेछ।
यो योजना मङ्सिर २३ गते सम्म लागु हुने कम्पनीले जनाएको छ।
सिमेक्स इक्लिुसिभ प्रालिका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले अग्रिम बुकिङ गरि भूकम्प सहायता कोषमा योगदान गरेका हाम्रा ग्राहकहरुको नाम, हामी हाम्रो सोशल मिडिया प्लेटफर्महरूमा र दैनिक पत्रिकामा प्रकाशित गरिने बताएका हुन्।
मंसिर ७, २०८० बिहीबार ०८:५६:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।