आजको मौसम : सामान्यतया सफा, काठमाडौंमा बदली

आजको मौसम : सामान्यतया सफा, काठमाडौंमा बदली

काठमाडौं : पहाडी भू-भागमा आंशिक बदली रही बिहीबार बिहान देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा छ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भेगमा आंशिक बदली रहनेछ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।  

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

काठमाडौंमा भने आज मौसम बदली हुनेछ। दिनभर घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहनेछ।

राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

मंसिर ७, २०८० बिहीबार ०७:३८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।