खगेन्द्र नवजीवज केन्द्रमा रहेका अपाङ्गता भएका महिलाहरूमाथि यौनजन्य हिंसा भएको आयोगको निष्कर्ष

खगेन्द्र नवजीवज केन्द्रमा रहेका अपाङ्गता भएका महिलाहरूमाथि यौनजन्य हिंसा भएको आयोगको निष्कर्ष

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित खगेन्द्र नवजीवन केन्द्रमा रहेका अपाङ्गता भएका महिलाहरूमाथि यौनजन्य हिंसा भएको छ।

जोरपाटीस्थित नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्तिहरू उपर भएको विभिन्न किसिमको दुर्व्यवहार, बेथिति र अनियमितता समेतका बारेमा राष्ट्रिय महिला आयोगमा उजुरी परेको थियो।

उजुरीको आधारमा मंसिर ५ गते आयोगका पदाधिकारीको नेतृत्वमा अनुगमन गर्दा सो केन्द्रमा रहेका विभिन्न उमेर समूहका अपाङ्गता, बहुअपाङ्गता भएका महिलाहरूको अभिव्यक्ति र स्थलगत अवलोकनबाट निजहरू उपर शारीरिक, मानसिक तथा यौनजन्य हिंसा समेत भएको निष्कर्षमा आयोग पुगेको हो।

आयोगले यस किसिमको अत्यन्त अमानवीय र जघन्य घटनाप्रति आपत्ति प्रकट गर्दै तत्काल छानबिन समिति बनाई दोषीलाई कानूनी दायरामा ल्याई हदैसम्मको कार्वाही र पीडित पक्षलाई औषधि उपचार, मनोसामाजिक परामर्श र क्षतिपूर्ति सहित न्यायको लागि सरकारको ध्यानाकर्षण गराएको छ।

मंसिर ७, २०८० बिहीबार ०७:३५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।