दुर्गा प्रसाईंको अभिव्यक्ति लगायतका भिडियो हटाउन युट्युब च्यानललाई प्रेस काउन्सिलको निर्देशन

दुर्गा प्रसाईंको अभिव्यक्ति लगायतका भिडियो हटाउन युट्युब च्यानललाई प्रेस काउन्सिलको निर्देशन

काठमाडौं : प्रेस काउन्सिल नेपालले असान्दर्भिक, अफवाह फैलाउने तथा द्वन्द्व बढाउने सामग्री हटाउन हटाउन युट्युब च्यानलहरुलाई निर्देशन दिएको छ।

काउन्सिलले बुधवार विज्ञप्ति जारी गर्दै १७ वटा च्यानललाई सामाग्री हटाउन र कारबाहीका लागि प्रहरीको साइबर ब्युरोमा पठाएको सार्वजनिक गरेको छ।

उसले एकपक्षीय सामग्रीलाई प्रश्रय दिई प्रायोजित एवं एकोहोरो रूपमा जनमानसलाई उत्तेजित, त्रसित पार्ने भाषा शैलीमा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने किसिमबाट सामग्री सम्प्रेषण गरेर आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाएको उल्लेख गरेको छ। 

काउन्सिलले दर्ता सूचीकृत भएका सञ्चारमाध्यमलाई सामाजिक सञ्जालबाट त्यस्ता सामग्री सम्प्रेषण भएको अवस्थामा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न र आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेकाे भन्दै युट्युब च्यानल/फेसबुक पेजहरू भृकुटी टिभी, डिम्पल म्यागेजिन, वीर गोर्खाली अनलाइन टिभी, एभरेस्ट नेपाल, एरो खबर र आवाजपाटी टिभीलाई​ सामग्री हटाउन निर्देशन दिएकाे छ।

स्पष्टीकरण तथा निर्देशन दिइएका अन्य १२ युट्युब च्यानल/फेसबुक पेजहरू भने प्रेस काउन्सिलमा मिडियाअन्तर्गत सूचीकृत भएको उल्लेख छ। काउन्सिलको कारबाहीमा परेका अधिकांश युट्युब च्यानलहरूका पछिल्ला भिडिओ सामग्रीहरू दुर्गा प्रसाईं र उनकाे अभियानसँग सम्बन्धित देखिएका छन्।

मंसिर ७, २०८० बिहीबार ०७:२०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।