मध्यरात आएको भूकम्पको केन्द्रबिन्दु मकवानपुर

काठमाडौँ : काठमाडौँमा मध्यरात आएको भूकम्पको धक्काको केन्द्रबिन्दु मकवानपुर चित्लाङ क्षेत्र देखिएको छ। भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का ४.५ म्याग्निच्यूड देखिएको छ।
बुधवार राति १ बजेर १९ मिनेटमा भूकम्प गएको मापन केन्द्रमा देखिएको छ। काठमाडौँसँगै धादिङ, सिन्धुपाल्चोकका केही क्षेत्र हल्लिएको छ। यो नयाँ नभई २०७२ को गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको पराकम्पन भएको केन्द्रका जानकारले बताएका छन्।
मंसिर ७, २०८० बिहीबार ०२:००:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।