नेप्सेमा सुधार, २०.६७ अंकले बढ्यो
काठमाडौँ : बुधवार नेप्से परिसूचक २०.६७ अंकले बढेको छ। दिनभरको कारोबारमा नेप्से १८५०.३३ अङ्कमा पुगेर बन्द भएको हो।
बुधवार २ सय ९४ कम्पनीको ४२ लाख १३ हजार २८५ कित्ता शेयर ४३ हजार ५८३ पटक खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ। बुधवार एक अर्ब आठ करोड ७० लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भयो।
सबै समूहको उपसूचक बढ्दा म्युचुअल समूहको उपसूचक ०.०३ प्रतिशतले घट्यो।
होटेल तथा पर्यटन समूहको सबैभन्दा धेरै बढ्यो। बुधवार यो समूहको सेयर सूचक ३.४९ र जलविद्युत् समूह २.३६ प्रतिशतले बढेको थियो। बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो।
सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ८.१५ प्रतिशतले घट्यो। सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १० करोड ७६ लाख तीन हजार ९८३ रुपैयाँ बराबरको कारोबार भएको थियो। शेयर सङ्ख्याका आधारमा प्राइम कमर्सियल बैङ्क प्रमोटर शेयर पहिलो नम्बरमा रह्यो। प्राइमको आठ लाख ५० हजार १० कित्ता प्रमोटर शेयर कारोबार भएको थियो।
मंसिर ६, २०८० बुधबार १६:५१:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।