भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन ट्राफिक प्रहरीको आग्रह

भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन ट्राफिक प्रहरीको आग्रह

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भाेलि अर्थात मंसिर ७ गते अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन आग्रह गरेको छ।

बुधबार एक सूचना निकालेर कार्यालयले विभिन्न समूहद्वारा र्याली जुलुसका साथै विरोध प्रर्दशन गर्ने भएकाले काठमाडौं उपत्यकाभर सवारी आवगमनमा असहजता हुनसक्ने भन्दै यस्तो अनुरोध गरेको हो।

साथै १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ. एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन समेत आग्रह गरेको छ।

नागरिकको सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्नसक्ने हुँदा आवश्यक सहयोग गरिदिन प्रहरीले अनुरोध गरेको छ।

भोलि एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन्।

उनीहरूको प्रदर्शनको क्रममा हुनसक्ने सुरक्षा चुनाैतीलाई मध्यनजर गर्दै प्रशासनले बिहीबार काठमाडौंमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीनै तहको सुरक्षाकर्मी परिचालन गर्दैछ।

मंसिर ६, २०८० बुधबार १४:५५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।